×

वीरगञ्ज २६ श्रावन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४ सय ५७ जनालाई मनोनयन गरेका छन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले पार्टी सभापतिलाई एकलौटी नियुक्ति रोक्न माग गरिरहेका बेला सभापतिले ठूलो संख्यामा थप नियुक्ति गरेका हुन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७(संशोधन सहित) को धारा २५ (९) बमोजिम आइतबार नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरिएको जनाएका छन् ।

विभागका केहि सचिव र सदस्यमा पर्साका केहि नेता समेत परेका छन् । संगठन विभाको सदस्यमा नेपाली कांग्रेसका पर्साका नेता राकेश सिंह मनोयन गरिएका छन् । त्यसैगरी शिक्षा विभागको सदस्यमा प्रा. प्रमोद गुप्ता मनोनयन भएका छन् ।

यायाता व्यवसायी समन्वय विभागको सदस्यमा नेता रामरूप प्रसाद कुर्मी, मुस्लिम विभागको सदस्यमा स्किम मियाँ र जाकिर हुसेन मनोनयन गरिएका छन् । त्यस्तै तराई मधेस समन्वय विभागको सचिव पदमा रामनारायण प्रसाद कुर्मी र सदस्य नरेन्द्र साह मनोनयन भएका छन् । यसैगरी वन, वातावरण तथा विपत् व्यवस्थापन विभागको सदस्यमा डिना गुप्ता र स्थानीय तह समन्वय विभागमा जनार्दन सिंह क्षेत्री मनोनयन भएका छन् ।

त्यसैगरी निर्माण व्यवसायी समन्वय विभागको सदस्यमा वशिष्ठ नारायण कुर्मी मनोनयन भएका छन् ।

Back to top