×

वीरगञ्ज ६ श्रावन । महामानव विपी कोइरालाको ३८ औ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले जिल्ला पार्टी कार्यालयमा स्मरण गरेको छ ।

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले विपी कोइरालाले नेपाली राजनीतिमा गर्नु भएको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।

कोइरालाले नेपालको लाकेतानित्रक आन्दोलनकालागि गर्नु भएको नेतृत्वदायी भूमिका र दिनु भएको सन्देश आजको दिनमा पनि उत्तिकै सान्दर्भिक भएकोमा जोड दिनु भयो ।

वक्ताहरुले विपी कोइरालाले लिनु भएको मेल मिलापको नीति आज पनि उत्तिकै सान्दर्भिकता रहेको बताउनु भयो । विपीको आदर्श र उहाँले प्रतिपादन गरेको सिद्धान्तको मार्गबाट अगाढि बढेमा नेपालको भविष्य उज्वल हुने बताउनु भयो ।

कार्यक्रममा बीरगंज महानगर का उपप्रमुख शान्ति कार्की ,पार्टीका जिल्ला सचिव श्याम पटेल ,किशोरी कानु,महासमिति सदस्य प्रकाश उपाध्याय,जिल्ला सदस्य दिना गुप्ता, रोशन लामिछाने,बिरेन्द्र यादव, विपी चिन्तन प्रतिष्ठान पर्सा अध्यक्ष फजिल मियाँलगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा प्रदुम्न प्रसाद गुप्ता लागयत ५० जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस मा प्रबेश गरेका थिए।

Back to top