×

वीरगञ्ज ६ श्रावन । बर्षायाममा सँधै जलमग्न हुने वीरगञ्ज लगायत आसपासका क्षेत्रमा डुबान भएको छ । विगत २ दिनदेखी निरन्तर परिरहेको वर्षाका कारण वीरगञ्जको आदर्शनगर, माईस्थान, रानिघाट, श्रीपुर, पानिट्यांकी, भिस्वा, छपकैया, मुरली, पावसहाउस, राधेमाई लगायतका स्थानमा डुबान हुँदा त्याहाँका बासिन्दा कठिनाई भोग्न बाध्य छन् ।

विभिन्न पसल तथा घरभित्रै पानी पसेर कपडा लत्ता तथा खाद्यान्न समेत नष्ट भएको पिडितले बताएका छन् । हरेक समयको बर्षायाममा डुबानमा हुने वीरगञ्ज लगायत यस आसपासका क्षेत्रमा डुबान नियन्त्रणका लागि थुप्रै प्रयास भएपनि समस्याको निराकरण भने हुन सकेको छैन ।

एडिवि परियोजना अन्र्तगत अबैज्ञानिक तरिकाले नाला निर्माण गर्दा नगरवासिले सास्ती खेप्नुपरेको भन्दै नाला निर्माणमा संलग्नलाई छानविन गरी कारवाही गर्नुका साथै रकम समेत असुली गर्नुपर्ने सामाजिक अभियानता ओमप्रकाश सर्राफ बताउनुहुन्छ ।

वीरगञ्ज डुबानमा पर्नुका थुप्रै कारण अन्र्तगत सिर्सिया नदिको अतिक्रमण पनि भएको बताउँदै उक्त नदिको जिवनोद्वार गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी वीरगञ्जमात्रै नभएर पर्सा जिल्लाका विभिन्न ग्रामिण क्षेत्रका बासिन्दा पनि डुबानको मारमा परेका छन् ।

Back to top