वीरगञ्ज ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीले आफु सकुशल रहेको जनाएका छन् ।
शनिबार उनी वीरगञ्ज बाट काठमाडौँ जाने क्रममा सडक दुर्घटनामा परी घाइते भएका थिए । आफ्नो निजी सवारी आफै चलाएर काठमाडौं जाने क्रममा उनको गाडी क्षतिग्रस्त भएको छ ।
गाडी क्षतिग्रस्त भएपनि उनीलाई सामान्य चोटपटक मात्र लागेको छ । अन्सारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै आफू सकुशल रहेको जानकारी दिएका छन् ।
अन्सारीले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन् । "वीरगञ्जबाट काठमाडौँ जाने क्रममा केही बेर अगाडि भएको दुर्घटनामा मेरो गाडि क्षतिग्रस्त भए पनि मलाई सुरक्षित बाहिर निकालियो। स्थानीय भाइहरु र धादिङ प्रहरीको सहयोग पाई रहेको छु। भारी वर्षा को कारण केही बेर यहाँ बसेर काठमाडौं तिर लाग्नेछु। म सकुशल रहेको जानकारी गराउन चाहन्छु । तपाईंहरुको माया र सद्भावप्रति म निकै अभारी छु ।"