×

वीरगञ्ज ३१ जेठ । नेकपा वीरगञ्ज महानगर कमिटिका अध्यक्ष रहबर अन्सारी दुर्घटनामा परेका छन् । शनिबार वीरगञ्जबाट काठमाडौँ जाने क्रममा धादिङ्गमा उहाँ दुर्घटनामा परेका हुन् ।

वीरगञ्जबाट एक्लै गाडी चलाएर काठमाडौँ जाने क्रममा धादिङ्गमा उहाँको दुर्घटनामा भएको उहाँको निकट स्रोतले जनाएको छ ।

उहाँलाई स्थानीय र प्रहरीको सहयोगमा अस्पताल पुर्याइएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।

थप विवरण आउन बाकि ।

*यो भन्दा पहिला काठमाडौंबाट वीरगञ्ज हुन् गएको त्रुटि सच्याइएको छ ।

 

Back to top