वीरगञ्ज, जेठ १२ - वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले सोमबार देखि अस्पतालको आपत्ल्कालिन सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरेको छ ।
अस्पतालले सोमबार एउटा प्रेस विज्ञप्ति जारि गर्दै आपतकालीन सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने जनाएको हो । नेसनल मेडिकल कलेजमा केहि दिन अघि मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कर्मचारीहरु मृत कोरोना संक्रमितको सम्पर्कमा आएको र सबैलाई क्वारेन्टाइनमा राख्नु पर्ने हुनाले सबैहरु बन्द गरेको हो ।
अस्पतालका निर्देशक डा. प्रमोद सर्राफले जारि गरेको प्रेस विज्ञप्तिमा अर्को सूचना नआएसम्म सेवाहरु बन्द रहने अस्पतालले जनाइएको छ ।
संक्रमितको सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरुलाई उचित तरिकाले क्वारेन्टाइनमा समेत राखिएको अस्पतालले जनाएको छ ।