×

वीरगञ्ज १२ जेठ । ह्वाट्सएप ग्रुपमा भएको कुराकानीलाई लिएर वीरगंजका चिकित्सकबीच हानाहान भएको छ ।

कोरोना संक्रमितको उपचारमा खटिरहेका चिकित्सकलाई वीरगंजकै एक चिकित्सकले ह्वाट्सएप ग्रुपमा जथाभावि लेखेको भन्दै विवाद भएपछि चिकित्सकहरुबीचमा नै हात हालाहाल भएको हो ।

एनएमए नारायणी जाेनल ब्रान्च नाम भएकाे ह्वाट्सएप ग्रुपमा भएको कुराकानीका विषयमा छलफल गर्न आदर्शनगरमा रहेको नगरसभागृहमा दुबै समूहका चिकित्सकहरु भेला भएको र त्यही हातपात भएको बुझिएको छ ।

नारायणी अस्पतालमा कार्यरत डा.उदयनारायण सिंह, डा.दीपक चौरसिया र डा.साहबुद्दिन र डा.मधुरन्जन सिंह पक्षबीच हात हालाहात भएको हो ।

ग्रुपमा भएको कुराकानीका विषयमा छलफलका लागि मधुरन्जनलाई बोलाएको भए पनि उनले कुटपिट गर्ने मनसायले नै ३/४ जना अरु व्यक्ति पनि संगै लिएर आएको र कुरै नगरी हातपात गरेको नारायणीका चिकित्सकहरु बताउँछन् । डा.मधुरन्जन नेशनल मेडिकल कलेजमा कार्यरत छन् । कुटपिटबाट डा.दीपक चौरसियालाई चोट लागेको छ भने अन्य सामान्य रहेको बुझिएको छ ।

कोरोना सन्त्रासका बेला चिकित्सकहरु बिरामीको उपचारमा केन्द्रित हुनुपर्नेमा आपसमै कुटाकुट गरेर बस्नु लज्जास्पद भएको नागरिक अगुवाहरुको भनाइ छ ।

यस्ताे छ ह्वाट्सएप ग्रुपमा भएकाे कुराकानी

Back to top