वीरगञ्ज जेठ ७ - कोरोना संक्रमितको खानेपानीको पनि व्यवस्थापन भएको छ ।
पिसिआर ल्याब सहित आईसोलेशनमा रहेका विरामिहरूका लागि मनपसन्द वेभरेज नेपाल प्रालिका डाइरेक्टर अनिल ब्याहुतले निःशुल्क रूपमा पानी उपलब्ध गराइदिने घोषणा गर्नुभएको छ ।
१८ घण्टासम्म खटिरहेका पिसिआर ल्याब सहितका टेक्निसियनहरूले समान्यत्या पानीको लागि पनि निकै संघर्षरत गर्नुपर्दा आफ्नो समाजिक दायित्व सम्झेर निःशुल्क रुपमा पानीको व्यवस्थापन गर्ने वहाँले जानकारी गराएका छन् ।
यसअघि व्याहुतले दैनिक ज्यालादारीको कर्मचारीहरुलाई उघोग मै राखेर ज्याला दिने र तिनका परिवारलाई पुग्ने गरि खाद्यान्न संगसँगै स्वास्थ्यकर्मीहरूलाई पनि व्यक्तिगत खर्चमा स्वास्थ्य सुरक्षाका समाग्रिहरू वितरण गर्नुभएको छ ।
यता नारायणी अस्पतालले बजेट अभावमा आफुहरुले कर्मचारी, चिकित्सक तथा टेक्निसिनहरुका लागी चाहिने सेवा सुविधा उपलब्ध गराउन नसकेको जानकारी गराएका छन् ।
यसअघि सानो पाइला नामक संस्थाले कोरोना संक्रमित सबैको निःशुल्क रुपमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार खाना खुवाउने जिम्मेवारी लिईसकेका छन् ।