×

काठमाडौँ, जेठ ६ - नेपालमा २७ जना कोरोना भाइरस संक्रमितत थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियम्ति पत्रकार सम्मलेनमा उक्त कुराको पुष्टि गरेका हुन् ।

'नयाँ संक्रमितको संख्या पछिल्लो अपडेटअनुसार २७ पुगेको छ । जो १७ देखि ४२ उमेर समूहका हुनुहुन्छ' उनले भने '२४ जना पुरुष र ३ जना महिला हुनुहुन्छ ।'

झापा ९,कपिलवस्त ४, काठमाडौं ३, सर्लाही २, मोरङ, सुनसरी, भक्तपुर, मकवानपुर, रामेछाप, ललितपुर, सिन्धुली, लमजुङ, र नवलपरासीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४०२ पुगेको छ । संक्रमितमध्ये ३७ जना निको भएर घर फर्किएका छन् ।

Back to top