वीरगञ्ज, जेठ ६ - पर्सा जिल्लाको स्थानिय प्रशासनले सवारी पास सम्बन्धित नयाँ नियम लागु गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले अहिले सम्म जारि गरेक सम्पूर्ण सवारी पासहरु खारेज हुनेगरि नयाँ नियम लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार एउटा सूचना जारि गर्दै इपास नपाइने जानकारी गराएको छ ।
प्रशासनले ई-पासको व्यवस्थालाई खारेज गर्दै नयाँ पास आवश्यक परेमा जिल्ला प्रशासन कार्यालय पर्सालाई इमेल मार्फत उपयुक्त कारण सहित पत्रद्वारा जानकारी गराउन निर्देशन दिएको हो ।
त्यसैगरि प्रशासनले बैंक तथा अन्य वितिय संस्थालाई व्यक्तिगत पास उपलब्ध नगराइने जानकारी गराएको छ ।
बैंक तथा वित्तिय संस्थालाई बढिमा एउटा सवारी पास मात्र उपलब्ध गराइने छ भने अत्यावश्यक उद्योग र कलकारखानाहरुलाई भने आफ्नो कर्मचारी र कामदारलाई उद्योग भित्र राख्नु पर्ने व्यस्था मिलाउनु पर्ने छ ।प्रशा
पत्रकार र सञ्चार माध्यमको लागि पास सम्बधित कुनै जानकारी भने जिल्ला प्रशासन कार्यालय पर्साले गराएको छैन ।