वीरगञ्ज, जेठ ५ – लकडाउनको बेला सरकार सत्ताको खेलमा र स्थानीय तहहरुले आफ्नो भूमिका बिर्सिरहेको बेला जनता समाजवादी पार्टीका चर्चित नेता राजेशमान सिंहले भोकाहरुलाई खाना खुवाउने कार्य निरन्तर जारी राखेका छन् ।
कोरोना संक्रमणले वीरगञ्ज आसपासका क्षेत्रमा रहेका गरिव र विपन्न वर्गका व्यक्तिहरुलाई निरन्तर ५१ दिन देखि स्थानीय संघ संस्थाहरुको सहकार्यमा नेता राजेशमान सिंहले खाना खुवाउदै छन् ।
महामारी बेला आफ्नो ज्यानलाई जोखिममा राखेर नेता सिंह सधै आफ्नै नेतृत्वमा सयौँ गरिवहरुको लागि खाना पकाउने र बाड्ने काम गर्दै आएका छन् ।
साहिब दरबार सेवा संस्थान र सम्पर्ण सेवा संस्थानको सहकार्यमा सिंहले खाना खुवाउदै आएका छन् । सिंह साहिब दरबार सेवा संस्थानका संस्थापक पनि हुन् ।
सिंहले लकडाउनका सुरुवाती दिनहरुमा नगरका सम्पूर्ण वडाहरुलाई स्यानिटाइज समेत गर्न लगाएका थिए । कोरोनाभाइरसको बेला सरकार र प्रशासन चुकिरहेको बेला सिंहले गरेको कार्य प्रशंसायोग्य छ ।
लकडाउनको अन्त्य नभएसम्म आफुले खाना खुवाउने कार्य जारी राख्ने सिंहले बताएका छन् ।