वीरगञ्ज, जेठ ५ – जिल्ला प्रशासन कार्यालय पर्साको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।
आज जिल्ला प्रशासन कार्यलयमा भएको बैठकले आज राती १२ बजेदेखी निषेधाज्ञा हटाउँदै व्यवस्थीत रुपमा लकडाउनको पालना गराउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी गराएका छन् ।
बैठकले समाजिक दुरी कायम गरेर कृषि तथा खेतीपाति गर्न निर्वाध रुपमा दिइने जनाइएको छ । यसैगरि नेपाल सरकारले ४२ वटा कारखाना सञ्चालन गर्ने निर्णयलाई पुर्ण रुपमा कार्यान्वयन गराईने सर्वदलिय बैठकले निर्णय गरेको छ ।
वैशाख ३० गते एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले सेना परिचालन गर्नुको साथै निषेधाज्ञा जारी गरेको थियो । दुईजना सञ्चारकर्मीमा कोरोना संक्रमित देखिएपछि निषेधाज्ञासंगै सञ्चारकर्मीहरुलाई लगाइएको सवारी साधन सञ्चालनमा रोकलाई फुकुवा गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति अजय द्विवेद्वि, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो ।