वीरगञ्ज, जेठ ५ – जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साले पर्साको सखुवा प्रसौनि गाउँपालिकाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा १० हजार रकम सहयोग गरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाललाई संघका अध्यक्ष राजेश पण्डितले १० हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।
कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा थोरै भएपनि सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरिएको संघका अध्यक्ष पण्डिते बताउनुभयो ।
सो अवसरमा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तथा प्रमुख सुचना अधिकृत राजेश रौनियार, श्री जानकी राजेश पण्डित आधारभुत विद्यालय महुवनका प्रधानाध्यापक रामदिनेश पण्डित लगायतको उपस्थिती रहेको सहकारी संघका प्रबन्धक रामअनुप यादबले जानकारी दिनुभयो ।