×

वीरगञ्ज, जेठ ५ – आज एकै दिन बाँके, मोरङ, गुल्मी, धनुषा, दाङ, रौतहट र धादिङमा ५३ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा थप ५३ जनामा संक्रमण भएको बताए।

यससँगै संक्रमितको संख्या ३५७ पुगेको छ। आज बाँकेमा ४७ जना, मोरङमा एक जना, गुल्मीमा एक जना, धनुषामा एक जना, रौतहटमा १ जना, दाङमा एक जना र धादिङमा एक जनामा कोरोना संक्रमण देखिएको हो।

बाँकेका संक्रमितमध्ये ४६ जना पुरुष र एक महिला छन् । उनीहरुको भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो। अन्यत्रका थप ६ जना संक्रमित सबै पुरूष हुन्।

मोरङको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणबाट मोरङका संक्रमित पत्ता लागेका हुन्। त्यस्तै भैरहवाको प्रयोगशालाबाट गुल्मीका र धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणबाट धनुषा, रौतहट, दाङ र धादिङका संक्रमित पत्ता लागेका हुन्।

संक्रमितमध्ये २९८ जना पुरूष र ५९ जना महिला रहेका छन्। ३६ जना उपचारपश्चात कोरोनामुक्त भएका छन्।

Back to top