×

वीरगञ्ज, बैशाख ३१ - वीरगञ्जमा बुधबार भेटिएका ३ नयाँ संक्रमित मध्ये एक नारायणी अस्पताल मै कार्यरत नर्स भएको खुलेको छ अर्का दुई संक्रमित वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुर्ली र वडा नं. १६ इनरुवावासी रहेका छन् ।

पर्साको स्थानिय प्रशासनले थपिएका ३ नयाँ संक्रमितहरु मध्ये एक ३६ वर्षीय नारायणी अस्पतालको पेडयाट्रिक वार्डमा कार्यरत नर्सिङ् स्टाफ भएको जानेको छ ।

https://www.facebook.com/lalit.basnet.12/posts/2820779128034983

त्यसैगरि दुई पुरुष संक्रमित मध्ये एक १६ वर्षीय वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुर्लीवासी रहेका छन् भने अर्का संक्रमित वीरगञ्ज महानगरपालिका वडा नं. १६ का ७४ वर्षीय इनरुवावासी रहेका जानेको छ ।

उनिहरु मध्ये इनरुवाका संक्रमितलाई नारायणी अस्पताल ल्याइएपनि अर्का दुई संक्रमितलाई आइसोलेशन बेडको कमिका कारण सिद्दार्थ माविस्थित क्वारेन्टाईनमा पठाइएको नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकले जानकारी दिए ।

Back to top