×

वीरगञ्ज, बैशाख ३१ – भारतले नेपालको लिपुलेकको गुन्जि क्षेत्रमा सडक निर्माण गरेको प्रति विरोध गर्दै सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल पर्साले सिमानामा काँडेतार लगाउन सरकारसँग माग गरेको छ ।

भारतले गत शुक्रबार तावाघाट लिपुलेक हुँदै मानसरोवर तर्फ जाने सडक निर्माण गरी शिलान्यास गरेको विषयलाई विरोध गर्दै युवा संघ नेपाल पर्साले मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापन पत्र बुझाउँदै सिमानामा काँडेतार लागउन माग गरेको हो ।

युवा संघ पर्साका संयोजक मोहमद निजामुद्दिनले तत्काल कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्बजनिक गरी देशको भूमी र सार्वभौमिकतालाई बचाउन अबिलम्ब सिमा क्षेत्रमा काँडे तार लगाउन गृह र परराष्ट्र मन्त्रालयसँग माग गरेका छन् ।

उनले सिमानाको रक्षाका लागि सुरक्षा फौज राख्न र सीमा सम्बन्धी दिर्घकालिन समस्या समाधानका लागि उच्च तहबाट निर्णायक पहल गर्न आग्रह गरे ।

केन्द्रिय सदस्य बिकाश रौनियार,बिमल पौडेल , अरुण यदव, पर्सा सह संयोजक ओम प्रकश गुप्ता ,बिक्रम आले,अनिल पटेल, मुकेश पाल,शिव सन्कर यादव, रोसन रौनियार, रबि गुप्ता , पवन ठाकुर, पवन पटेल लगायतको उपस्थितमा ज्ञापन पत्र प्रजिअ कार्कीलाई हस्तान्तरण गरिएको थियो ।

Back to top