वीरगञ्ज, बैशाख ३१ – पर्सामा थप ३ व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्सामा ३ जनासँगै देशभर थप २४ नयाँ कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ एउटा प्रेस विज्ञप्ति जारि गर्दै नेपालमा थप २४ व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका सह-प्रवक्ता सुमितकुमार अधिकारिले जारि गरेको प्रेस विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपनदेहिमा गरिएको परिक्षण अनुसार थप २४ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये पर्साका दुई ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिला रहेका छन् भने रुपनदेहीमा २२ वर्ष देखि ४१ वर्षसम्मका ९ जना पुरुष र ४ देखि २८ वर्षसम्म ३ जना महिला रहेका छन् छ ।
त्यसैगरि कपिलवस्तुमा २२ देखि ४२ वर्ष सम्मका ८ पुरुष रहेका छन् भने नवलपरासीमा ३६ वर्षीय एक पुरुष रहेका छन् । नेपालमा अब संक्रमितहरुको संख्या बढेर २ सय ४३ पुगेको छ ।
सबै संक्रमितहरु चिकित्सकको सम्पर्कमा रहेको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।