×

वीरगन्ज १९ बैशाख । बाँके र रुपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ र ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

उनीहरू दुबैको अवस्था सामान्य छ र स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै प्रदेश पाँचमा पनि कोरोनाको संक्रमण देखिएको छ। यसअघि प्रदेश पाँच र कर्णाली प्रदेशमा कोरोनाको संक्रमण देखिएको थिएन। अब नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। त्यसमध्ये १६ जना निको भइसकेका छन्।१६ जना निको भइसकेका छन्।

Back to top