×

वीरगन्ज १९ बैशाख । वीरगञ्जमा राहत बाँड्न ल्याएको चामल गुणस्तरहीन भेटिएको बारे छानबिन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा सरोकारवाला निकायले छानबिन सुरु गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले चामल राखिएको वडा नं १४ को कार्यालय र उद्योगको गोदामको स्थलगत निरीक्षण गरेको छ ।

टोलीले चामलको गुणस्तर मापनका लागि विन्दबासिनीस्थित न्यु बोलबम राइस मिल र सुरज खाद्य उद्योगको एक/एक बोराबाट नमुनासमेत संकलन गरेको छ । संकलित नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरस्थित प्रयोगशालामा पठाइएको छ ।

Back to top