वीरगञ्ज, बैशाख ८ - वीरगञ्जस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रदेश नं. २ मुख्यमन्त्री कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ ।
संस्थाले राहत कोषमा २१ हजार रुपैया सहयोग गरेको हो । संस्थाले आज प्रदेश नं. २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलका स्वकीय सचिव रमेश सर्राफमार्फत शोमबार चेक हस्तान्तरण गरेको छ ।
संस्थाले वीरगञ्जस्थित आफ्नो कार्यालयमा सर्राफलाई बोलाई चेक हस्तान्तरण गरेको थियो ।
चेक हस्तान्तरण संस्थाका प्रमुख जितेन्द्र वर्माले नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक हरेराम पटेलको उपस्थितिमा गरेका थिए ।