×

वीरगन्ज ८ बैशाख । वीरगन्जको एक स मिलमा लुकाएर राखिएको प्रतिबन्धित सत्तीसालको काठसहित स मिलका संचालक हिरामन शर्मा पक्राउ परेका छन ।

मिलमा लुकाएर राखिएको प्रतिबन्धित सत्तीसालको काठसहित स-मिलका संचालक प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज १० स्थित आर्दशनगर ठाकुरराम बहुमुखी क्याम्पस पछाडि रहेको जगदिश एण्ड व्रदर्श स मिल तथा फर्निचर उद्योगमा प्रहरीले छापा मारेर काठसहित संचालक हिरामन शर्मालाइ प्रहरीले पक्रेको हो ।

स(मिलबाट प्रतिबन्धित सत्तीसालको १ सय २६ थान चिरान काठ बरामद गरिएको प्रहरी नायव उपरिक्षक वीरेन्द बहादुर शाहीले जानकारी दिए । स-मिलमा वन कार्यालयले छुट पुर्ज नदिएको प्रतिबन्धित सत्तीसालको काठ ठूलो परिमाणमा लकाएर राखेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठसहित संचालक शर्मालाइ नियन्त्रणमा लिएको शाहीले बताए । बरामद काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा सोमबार बुझाइएको र शर्मालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए।

Back to top