×

वीरगन्ज ७ बैशाख । कोरोना भाइरसको यस महामारी बेला वीरगन्ज महानगर भित्र सुरक्षा र स्वास्थ्यहरु फ्रान्टलाईनमा आएर खटि रहनुभएकाहरुलाई श्री साई ड्रिङ्किङ् वाटर इन्डस्ट्रिको तर्फबाट निस्शुल्क पानी उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरसको यस महामारी बेला हाम्रो सुरक्षा र स्वास्थ्यका लागी फ्रान्टलाईनमा आएर खटि रहनुभएका सुरक्षाकर्मी, प्रहरीहरुलाई श्री साई ड्रिङ्किङ् वाटर इन्डस्ट्रिको तर्फबाट निस्शुल्क पानी उपलब्ध गराउने श्री साई ड्रिङ्किङ् वाटरका संचालक प्रेम झाँले बताएका हुन ।

सडकमा उभिएर लकडाउन पालना गराउन खटिरहनु भएका हाम्रा नेपाली प्रहरी, दाई र दिदीहरूले हामीलाई सम्पर्क गरेर कुनै पनि बेला पानी लिएर जान सक्नु हुनेछ भनेर आफनो नम्बर 9802960958 समेत सार्वजनिक गरेका छन ।

Back to top