वीरगन्ज १३ फागुन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक पचास लाख रुपैया भन्दा बढी अबैध सामानहरु भन्सार छलेर तस्करहरुले वाराको बलीरामपुर ,मुशहरवा नाका बाट ब्यापक रुपमा तस्करीको समानहरु छिमेकी मुलुक भारत बाट नेपाल भित्रयाउने गरेकाछन ।
बारा जिल्लाको नेपाल भारतको सिमामा पर्नै वाराको बलीरामपुर ,मुशहरवा नाका बाट अवैध रुपमा लत्ता कपडा, सुर्ती, रजनीगंधा, पानपराग, रांगा भैसी लगायतका सामानहरु तस्करहरुले भारतबाट भन्सार छलेर नेपाल भित्रयाई रहेकाछन भने सो नाका हुदै नेपालबाट भारत तर्फ मरिच, मटर ( केराउ ) छोकडा लगायतका सामानहरु प्र प्रहरीका र सशस्त्र प्रहरी मुशहरवा वेश केम्प बिओपीका प्रमुख चन्द्रबहादुर क्षेत्रीको मिलोमतोमा तस्करी हुने गरेको स्थानियहरुले बताएकाछन ।
बाराकोे बलीरामपुर ,मुशहरवा नाकाबाट ब्यापक ठूलो मात्रामा तस्करी शुरु भएकै कारण बीरगंज भंसार कार्यालयको राजश्व संकलन लक्ष्य पुरा हुन नसकेको बीरगंज भन्सार कार्यालयका कर्मचारीहरुले दावी गरेकाछन । यस कार्य प्रती सम्बन्धीत निकायको ध्यान जान यती आवशयक देखिएको छ ।