×

 

वीरगन्ज १३ फागुन । थुनामा रहेका अभियुक्तलाई थुनामुक्त गरिदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ठगीको अभियोगमा पर्सा प्रहरीले वीरगंज-२ छप्कैयाका मोहम्मद सम्साद अलिलाई पक्राउ गरेको हो।

गत असोज २० गते पक्राउ परेका वीरगंज-१६ नगवा निवासी २० वर्षीय सदाम हुसेनलाई छुटाउन उनका अभिभावकसँग सम्सादले ४० हजार रुपैयाँ लिएका थिए।

पैसा दिएको भनी हुसेनका अभिभावकले पर्सा प्रहरीमा दिएको उजूरीका आधारमा सम्सादलाई पक्राउ गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

Back to top