×

 

वीरगन्ज १३ फागुन । महाशिवरात्रि पर्व कै सेरोफेरो आज ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, अलौमा पनि परमात्म अनुभूति शान्ति पदयात्रा तथा आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

बिहान १० बजे ब्रह्माकुमारी रविना दिदी र स्थानिय समाजसेवी तथा समाजवादी पार्टीका नेता विरेन्द्र प्रसाद यादवको नेतृत्वमा उपसेवा केन्द्र, अलौबाट शुभारम्भ भएको शान्ति पदयात्रा अलौ नगरको परिक्रमा गरी सिर्सिया टोलमा स्थित ब्रह्माकुमारी पाठशाला पुगी प्रवचन कार्यक्रममा परिणत भएको थियो ।

उक्त अवसरमा कार्यक्रमा प्रमुख अतिथि प्रदेश सभा सदस्य रमेश प्रसाद पटेलले ब्रह्माकुमारी सेवा केन्द्रले आध्यात्मिक ज्ञान र योग साधनाको माध्यमबाट समाजमा विद्यमान विकृति विसंगतिहरु निर्मूल पार्दै शान्ति, अमनचयन र भाईचारा स्थापनामा निकै ठूलो योगदान पुर्याएको बताउनुहुँदै संस्थाको ज्ञानलाई केवल धार्मिक रुपबाट मात्र नलिई जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणाको रुपमा ग्रहण गर्न सबैमा आग्रह गर्नुभयो ।

ब्रह्माकुमारी रविना दिदीको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा परमात्मा शिव यस धर्तिमा आउनभएको ८३ बसन्त पार गरी ८४औं बसन्तमा प्रवेश गरेको स्मृतिमा शिवध्वजारोहण तथा केक कटिंग समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य अलौ उपसेवा केन्द्रकी संचालिका ब्रह्माकुमारी सबिता, चित्र प्रदर्शनी ब्रह्माकुमारी रेणु तथा धन्यवाद ज्ञापन ब्रह्माकुमार गोवर्धनले गरेका थिए भने शिवरात्रिको रहस्य ब्रह्माकुमार गोकुल तथा सहजीकरण ब्र.कु रमाले गरेकी थिइन ।

Back to top