×

वीरगञ्ज २ असोज । कोभिड एक्शन टिम (क्याट) को पहलमा पर्साको अस्थायी गण्डक अस्पताललाई आयुर्वेदिक औषधी हस्तानतरण गरिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र वीरगञ्ज पर्साले क्याटको पहलमा आयुर्वेदिक औषधी हस्तानतरण गरेको हो ।

जिल्ला समनव्य समिती पर्साको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले प्रदेश नं. २ को समाजिक विकास मन्त्रालयले उपलब्ध गराएको आयुर्वेदिक औषधी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै सांसद् यादवले आयुर्वेधिक औषधी नेपालमा प्राचिन कालदेखि प्रयोग गरेर कयौं रोगको उपचारमा प्रभावकारी भएको बताउँदै कोरोनासँग लड्ने रोग प्रतिरोधात्मक शक्ति बढाउँनसमेत आयुर्वेदिक औषधी प्रभावकारी हुने दावी गरे ।

उनले आफु कोभिड संक्रमित भएको बेला समेत आयुर्वेदिक तारिकबाट घरमै बनाइएको खाने कुराहरु सेवन गरेर कोरोनालाई परास्त गरेको अनुभवसमेत साझा गरेका थिए ।

सांसद् यादवले कोरोना महामारी रोकथाम र नियन्त्रणकालागि भारतसँग जोडिएको पर्साको सबै सिमानाकामा व्यापक रुपमा कडाई गर्न स्थानीय प्रशासनलाई सुझाव दिएका थिए ।

त्यसैगरी जिल्ला समनव्य समितीका सभापति नेक महमद अन्सारीले कोभिड अस्पतालसँगै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाईपनि आयुर्वेदिक औषधी दिन आग्रह गरेका थिए ।

कार्यक्रममा चिक्तिसक डा. दीपक चौरसीया, डा. रमेश मिश्रा, क्याटका सदस्य तबरेज अहमद, सञ्जीव मिश्रालगायतको उपस्थिती रहेको थियो ।

Back to top