×

बारा ३१ जेठ । बारा जिल्लाको सरमुकाम कलैयामा शनिबार बिहान बिभिन्न राजनीतिक दल सम्बद्ध युवाहरुले सरकार बिरुद्ध प्रदर्शन गरेका छन ।

कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा औषधी उपकरण खरिदमा भएको खर्च पारदर्र्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, पिसिआर परिक्षणको दायरा बढाउनु पर्ने लगायतका माग राखेर भरत चौकममा प्रदर्शन गरेका छन् ।

कोरोना महामारीमा सरकारको गतिविधिका कारण जनताले थप दुख पाएको, लकडाउनको मारमा परेका व्यवसायीसँग कर लिन खोजेको भन्दै उनीहरुले विभिन्न नारा लेखेको प्लेकार्डसहित कलैया सहित भरत चौकमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले आरडिटि परिक्षण रोकेर पिसिआर परिक्षणको दायरालाई बढाउन पनि सरकारसँग माग गरेका छन ।

Back to top