×

चन्द्रनिगाहपुर, माघ १ - नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष पुर्वमन्त्री एवं सांसद प्रभु साहले नेपाली काग्रेंश पार्टी एजेन्डा बिहिन रहेको बताएका छन् । गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तरगत हर्षाहा चौकमा मंगलवार स्वं.बतहु राउतको प्रथम स्मृतीसभाको अवसरमा आयोजित हर्षाहा छेदीचौक भसेढवा सडक निर्माणको उदघाटन समारोहलाई संबोधन गर्दै उहाँले उक्त बिचार राखेका हुन । उहाँले वर्तमान सरकारको काम कर्तव्य र प्रगति देखेर नेपाली कांग्रेस पार्टीका नेता कार्यकर्ता हतोत्साहित भएको टिप्पण्ी गरे ।

जनताले न पत्याएर पछी परेका नेपाली कांग्रेसका नेताहरु संग नया कुनै एजेन्डा न भएकाले बिभिन्न बखेडामा लागीरहेको सांसद साहले आरोप समेत लगाए ।

नेपाली कांग्रेसका नेताहरुले हाल डा.गोबिन्द केसीको मुद्धा, हिन्दुराज्य र राजतन्त्रको पक्षमा बहस गरेर सधै नेपाली समाजमा अगाडी चल्ने पार्टी अहिले उल्टो हिडाई सुरुगरेको सांसद प्रभु साहले टिप्पनी गरेका छन ।

सतापक्षको लागी प्रतीपक्ष पनी त्यतीकै महत्वपुर्ण हुनेहुँदा कांग्रेसी नेताहरुको सदबुद्धी पलाएर विकास निर्माणमा सरकार लाई सहयोग गर्न उनले आग्रह गरे । ६।६ महिनामा सरकार बदल्ने पार्टीलाई जनताको पैसा मास्न खोज्ने,चिनिमिल धनीलाई,यातायात सिन्डीकेट चलाउने ब्यवशाई,मैनपावर ब्यवशाईलाई बर्तमान सरकार तानासाह देखिनु स्वभाविक हो तर कांग्रेसलाई तानासाह देखिनु बिडम्बना रहेको अध्यक्ष साहले प्रस्टयाए ।

जिल्ला स्थित जिल्ला समन्वय समिति देखी अधिकांश स्थानिय तहमा कांग्रेसको नेतृत्व रहेको प्रदेशमा मधेशवादीको हातमा रहेकाले जनताको अपेक्षा अनुसार विकास हुन नसकेको सांसद साहले आरोप लगाए ।

नेपालीकांग्रेस लगायत बिगतमा सरकारको नेतृत्व गरीसकेका केही दलले देशलाई फोहर बनाएर गएकाले बर्तमान सरकारलाई अहिले सफा बनाउन समय लागीरहेको स्पस्ट पारेका थिए । देशमा राजनितिक संक्रमण अन्त भएको भएपनी कर्मचारी समायोजन,कार्यालय समायोजन,बजेट समायोजन,योजनाको बाँडफाँड बाँकी रहेको छँडा पुर्ण संक्रमण हटि नसकेको उहाँले जिकिर गरेका थिए ।

गौर चन्द्रपुर सडकखण्डलाई फोरलेन बनाई भारत बैरगनिया, सितामढी हुँदै अन्तरराष्ट्यि कारोवार सञ्चालन गराउन तथा आर्थिक संमृद्धी ल्याउन आफु र कम्युनिष्ट सरकार लागी रहेको सांसद प्रभु साहले जानकारी गराएका थिए । हर्षाहा चौकदेखी कटहरिया नगरपालिकाको छेदीचौक,भसेढवा सम्मको उक्त नौ किलोमिटर लामो सडक निर्माणले सो क्षेत्रमा आर्थिक समृद्धी हुने उहाँले बिश्वास ब्यक्त गरेका छन ।

चुनाव ताका आफुले संमृद्धीको लागी क्षेत्र ३ अन्तरगतका सबै गाँउलाई राजमार्ग संग जोडने गरेको घोषणा अनुसार सडक निर्माणको काम द्रुतगतीमा बढी रहेको बताए । हर्षाहा भसेढवा सडक निर्माणको अलावा डुमरिया कटानी, गर्जा बुटवा,जंगलसैया धन्सार,कटहरिया मलाही,कटहरिया बगही फतेपुर,हरीहरपुर कटानी चाँेचागाँउमा नया सडक निर्माण भएको सांसद प्रभु साहले जानकारी दिएका थिए ।

उदघाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य युवराज भटराईले कर्णालीको हाराहारीमा सबै क्षेत्रमा पछी रहेका रौतहटमा विकास निर्माणको कुरोगर्दा क्षेत्र ३ को चर्चा हुने गरेको बताए ।

जिल्लाका ४ क्षेत्र मध्ये एउटा क्षेत्रमा मात्र कम्युनिष्ट नेता प्रभु साहले नेतृत्व गरेर विकासको गतीमा अगाडी बढाउनु, विकासको क्षेत्रमा देशमै चर्चा पाउनु तर अन्य क्षेत्रका सांसद तथा नेताहरु कता हराईरहेको केन्द्रिय सदस्य भटराईले प्रश्न गरेका थिए ।

कार्यक्रममा पुर्वसांसद देवेन्द्र पटेल,प्रदेश सांसद कुन्दन कुश्वाहा, पार्टी प्रदेश कमिटि सदस्य एव कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुश्वाहा, त्रिभुवन साह,बिनोद पटेल लगायतका वक्ताहरुले हर्षाहा छेदीचौक भसेढवा सडक निर्माणले सो क्षेत्रका खतवहिया,बेदौली,देवीपुर,भसेढवा,जमुनियाका बासिन्दा लाई गौर चन्द्रपुर जान १५ किलोमिटर घुमाउरो बाटो जान नपर्ने र समृद्धीमा टेवा पुग्ने बताएका थिए ।

सोही अवसरमा चन्द्रपुरका समाजशेवी रिक्सा चालक केदार तिम्मलसिनाका साथै सडक निर्माणमा सहयोग गरेका एक दर्जन मानिसलाई कार्यक्रमका प्रमुख अतिथि सांसद प्रभु साह र पार्टी केन्द्रिय सदस्य समिर भटराईले माला तथा खाँदा लगाएर सम्मान गरेका थिए ।

Back to top