×

वीरगन्ज १८ जेठ फोरम नेपाल २ मन्त्रालयसहित सरकारमा सहभागि भएका छन । काठमाडौं सपथ साँझ ५ बजे हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटक मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । दुई मन्त्रालय सहित संघीय समाजवादी फोरम नेपाल, सरकारमा सहभागी भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य तथा जनासंख्या मन्त्रालय र मोहम्मद इस्तियाक राईले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुने भएको छ । नवनियुक्त मन्त्रीद्वयको सपथ ग्रहण आज साँझ ५ बजेका लागि तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीद्वयको कार्यविभाजन सहित गरेको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नुभएको र सपथ ५ बजेलाई तय गरेको पराजुलीले बताउनुभयो ।

Back to top