×

वीरगंज २१ मंसिर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत पर्सामा मध्यान्ह १ बजे सम्म ४० प्रतिशत मत खसेको छ। पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले दिएको जानकारी अनुसार पर्सामा ढिलै मतदान शुरु पनि ११ बजे पछि मतदान केन्द्रमा मतदाताको संख्यामा बढ्दै गएको हो।

पर्सामा ४ वटा निर्वाचन क्षेत्रमा ३५१ वटा मतदान छन्। सबै मतदान केन्द्रमा शान्तिपुर्वक मतदान भइरहेको उनले बताए। चिसोको कारण बिहान साढे ७ बजे पछि सबै मतदान केन्द्रमा मतदान शुरु भएको थियो। बिहानको समयमा महिला मतदाताहरुको सहभागिता काम देखिएको हो। खेतीपाती तथा घरको काममा महिला मतदाता व्यस्त रहेकोले केही घण्टा महिला मतदाता कम आएका थिए।

घाम लागेपछि मतदाताहरु मतदान केन्द्रमा थपिदै गएका हुन्। मतदान सफल गाराउन पर्सामा ३२ सय कर्मचारी तथा करिब ६ हजार सुरक्षाकर्मी खटाइएका छन्। प्रतिनिधि सभातर्फ पर्सामा ६४ जना र प्रदेश सभातर्फ १३२ जना गरी कुल १९६ उम्मेदवारहरु प्रतिस्पर्धामा छन्। पर्सामा कुल मतदाताको सख्यामा २ लाख ८९ हजारको हाराहारीमा छ। पछिल्लो चुनाव भन्दा यो चुनावमा मतदाताको उत्साहमा कम छ।

सवारी नचल्दा मतदातालाई समस्या

पर्सा लंगडीका सन्जीत कुमार साह सवारी साधनमा प्रशासनले लगाएको रोकका कारण मतदान गर्न घर जान सकेका छैनन। उनी काठमाडौमा काम गर्छन। उनी हिजो राती अबेला वीरगंज आइपुगेका थिए। विहान मोटरसाइकबाट घर जान खोजेकोमा उनलाई प्रहरीले रोक्दा उनी मतदानबाट बञ्चित भएको गुनासो गरे।

निर्वाचन अयोग र नेपाल सरकारले आज चुनावको दिन सार्वजनिक गाडीमा रोक लगाएपछि अन्य सर्वसधारण मतदाता मतदाधिकारबाट वञ्चित भएको मानव अधिकारकर्मीहरुले आरोप लगाएका छन्।

पर्साका मानव अधिकारकर्मी कमलमोहन पोखरेलले अनुसार सरकारले भयरहित चुनावको लागि पर्याप्त सुरक्ष व्यवस्था मिलाउनुको साटो सार्वजनिक सवारी साधनलाई पहिले झै यस चुनावाम पनि रोक लगाएको बताए।

जसले गर्दा एक ठाउबाट अर्को ठाउमा मतदान गर्न पुग्न केही मतदाता नसकेको बताए। ‘यस्तो नियम विश्वको अरु कुनै मुलुकमा हुदैन, नेपालमा मात्र हुन्छ, ’उनले भने, ‘सार्वजनिक सावरी साधन चले मतदान प्रतिशत बढने थियो, मतदातालाई बढि भन्दा बढि मतदाताको सहभागिताको लागि वातावरण मिलाउनु पर्छ।’

Back to top