×

वीरगन्ज मंसिर १२ - आम जनताको पक्षमा राजनीति गर्ने, जातिय भेदभाव विरूद्ध आवाज उठाउने, न्याय प्रेमी र समाजका असल ब्यक्तित्वको रुपमा रह्नु भएका संघीय समाजबादी फोरम नेपालका स्थानिय नेता तथा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बृजमोहन यादवको पार्थिव शरीरको मंगलवार अन्त्येष्टि भएको छ । एक असल अगुवा, बिकास तथा न्यायप्रेमी स्थानीय नेताको रुपमा चिनिएका यादवको हृदयघात असामयिक निधन भएको थियो

उनको अन्त्येष्टीमा फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदिप यादव, केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिनारायण रौनियार, वीरगन्जका नगरप्रमुख तथा फोरमका तराई मधेस प्रदेशका कोषाध्यक्ष विजय सरावगी, ३ को १ बाट प्रदेश सभाका उम्मेदवार मन्जुर अन्सारी, तिनको दुईबाट प्रदेशसभाका उम्मेदवार एवं केन्द्रिय सदस्य प्रहालाद गिरी, पोखरिया नगरपालिका कि उपप्रमुख सलमा खातुन, सखुवा पर्सौनी गाउँपालिकाका प्रमुख प्रदिप जैसवाल, पकहा मैनपुर गाउँपालिका प्रमुख विजय चौरसिया लगायत नेता तथा कार्यकर्ता, स्थानीय भद्रजन, परिवारजन लगायतको उल्लेखनीय सहभागिता रह्यो अन्त्येष्टीमा । पार्टीका नेताहरुले संघीय समाजवादी फोरम नेपालको झण्डा यादवको पार्थिव सरिर माथि ओढाएर सम्मान प्रकट गरेका थिए ।

यसै विच फोरम पर्साका अध्यक्ष यादवले एक शोकबक्तब्य जारी गर्दै दुःख ब्यक्त गरेका छन् । ‘हामी अत्यन्त मर्माहत भएका छौं । उहाँको निधनले पार्टीलाई अपुर्णीय क्षति भएको छ । यस्तो पिडाबोध भइरहेको बेला शोकसन्तप्त परिवारजनलाई तथा समस्त आत्मीयजनमा इश्वरले धैर्य धारण गर्ने क्षमता प्रदान गरुन भनी सम्वेदना प्रगट गर्दछौं । दिवांगत आत्माले चिरशान्ति प्राप्त गरोस ।’ शोकबक्तब्यमा भनिएको छ ।

Back to top