×

वीरगंज, २६ कार्तिक - संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा पदका लागि फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार प्रदीप यादवले आगामी मंसिरमा हुनलागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाका सम्पूर्ण स्थानहरुमा मधेसी गठबन्धनका उम्मेदवारहरुले सत प्रतिसत मत प्राप्त गर्ने बताएका छन् ।

आज वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीमा संघीय समाजवादी फोरम नेपाल द्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले यस्तो भनेका हुन् । उहाँले सबै मतदातालाई मधेस आन्दोलनमा दिन रात खटेर मधेसको हक अधिकारका लागि लड्ने उम्मद्वारहरुलाई मात्र मतदान गर्न अनुरोध गरेका थिए । उनले भने, "मधेस बिरोधि संविधान जारि भईरहंदा हाँस्दा-हाँस्दै हस्ताक्षर गर्नेहरु आज मधेसको अधिकार दिलाउने कुरा गर्दै छन्, कहाँ थिए तिनीहरु जुन बेला मधेसका सडकमा हामि माथि गोलि चलिरहेको थियो र हाम्रा दाजु-भाईहरु सहिद भईरहेका थिए ।

सुरज पटेलको अध्यक्षता एवम् जिल्ला अध्यक्ष प्रदीप यादवको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं व्यक्तिहरुले पार्टी प्रवेश गरेका थिए । कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगी, पार्टीका केन्द्रिय उपाध्यक्ष तथा पर्सा क्षेत्र नम्बर १ को २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लालबाबु राउत गद्दी, पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार विमल प्रसाद श्रीवास्तव, वीरगंजका पुर्व मेयर प्रदीप सुवेदी, पार्टीका मधेस-प्रदेश सचिव सलाउदिन अहमद, पार्टीका नगर अध्यक्ष मुकेश द्विवेदी, सन्तोष सर्राफ लगयातले आफ्नो मन्तब्य दिएका थिए ।
Back to top