×

वीरगन्ज १८ साउन नेपाल कम्युनिष्ट पार्टी एमाले तथा नेपाली कांग्रेस पार्टी परित्याग गरी दुइ दर्जन भन्दा बढी स्थानिय कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । संघीय समाजवादी फोरम अलौइकाइ समितीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले तथा नेपाली काग्रेसका दुइ दर्जन भन्दा बढी स्थानिय नेता तथा कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका हुन ।अलौ उच्च माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक धर्मदेव यादवको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाइ पार्टीका मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगी,जिल्ला उपाध्यक्ष सुन्दर कुर्मि ,युवा नेता मुकेश द्धिवेदी लगायतका नेताहरुले फुलमाला र अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।फोरम नेपालमा विनय शंकर साह,सर्फुल्ला अंसारी,किसुनदेव भगतमाली,राजेन्द्र साह तुरहा,जगदीश साह तुरहा,शेख जाजुल,फैयाद अंसारी,कारीसाह तुरहा,मदन महतो,हरेन्द्र महतो,बेलाश महता,दिनेश महतो,गौरीशंकर साह तुरहा लगायत दुइ दर्जन भन्दावढी स्थानियहरु प्रवेश गरेका छन् । ।२०४६साल पछि नेपाली कांगे्रस र एमाले लगातार सत्ताको नेतृत्व गरेपनि मधेसको विकास भन्दा वढी शोषण गरिएकोले आफुहरु मधेसको अधिकार प्राप्तीको लागी फोरम नेपालमा प्रवेश गरेको नवप्रवेशी स्थानिय नेताहरुको आरोप समेत रहेको थियो ।कार्यक्रममा बोल्दै संघीय समाजवादीफोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगीले मधेसको अधिकारको लडाइसंगै विकासको लडाइलाइ सफल बनाउन फोरम नेपाललाइ चुनावमा जिताउन आग्रह समेत गर्नुभएको थियो । उहाले मुलुकको राजश्वमा ७० प्रतिशत भन्दावढी योगदान पर्सा जिल्लाको रहेपनि सरकारवाट विकास बजेटमा जहिले पनि भेदभाव गरिने भएकोले तीन पुराना दललाइ विस्थापित गर्ने समय आएको बताउनु भयो । कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष सुन्दर कुर्मि र युवा नेता मुकेश द्धिवेदीले नवप्रवेशीहरुलाइ स्वागत गर्दै मधेस आन्दोलन पश्चात तीस बर्षदेखि निरन्तर चल्दै आएको नेपाली कांगे्रस र एमालेको नातावाद,कृपावाद र पैसावादको वास्तविक चरित्र अब मधेसी जनतामाझ उदांगो भइसकोले मधेस मुक्तिको लागी फोरम नेपालको मसालछापमा अमुल्य मतदिन आग्रह समेत गरेका थिए ।

Back to top