×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज ।  नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ ।

शुक्रवार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार ६ सय पुगेको हो ।

तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रवार चाँदी प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको हो ।

Back to top