×

वीरगञ्ज । स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले १ करोड ८८ लाख अमेरिकी डलर (करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ) प्राप्त गरेको छ । 

नेपालले यो रकम ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत प्राप्त गरेको हो ।

बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य संगठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा ‘स्पिड’ परियोजनाको शुभारम्भ गरिएको छ ।

नेपाल सरकारको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, युनिसेफ र एफएओको संलग्नतामा परियोजना तीन वर्ष चल्ने छ ।

अनुदानमा आधारित यो परियोजना १७९ आवेदकबाट नेपाल पनि छनोट भएको हो । परियोजनाको रकम जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Back to top