×

वीरगञ्ज । सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीले महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धी सचेतना अभियान थालेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले वीरगञ्जको विभिन्न स्थानमा सचेतनामुलक पर्चा पम्पलेट वितरण गरेको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ दुर्गा टोलका सर्वसाधारण तथा स्थानीय एवम् पैदल यात्रुहरुलाई ३० थान पर्चा पम्पलेट वितरण गरिएको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव कुलनारायण प्रधानले जानकारी दिए । 

महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धी नागरिकलाई सचेत बनाउने अभिप्रायले पर्चा पम्पलेट वितरण गरिएको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम सर्राफले बताए । उनकाअनुसार केन्द्रले समाजलाई सचेतना जगाउने खालका विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने अध्यक्ष सर्राफको भनाई छ । 

पर्चा तथा पम्पलेट वितरण कार्यक्रममा सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका पदाधिकारी एवम् कर्मचारीसँगै स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top