×

प्रायः तपाईंले साना बच्चालाई हात तथा खुट्टामा चाँदीका कडा लगाएको देख्नुभएको होला । बच्चालाई हातमा चाँदीका कडा र खुट्टामा पनि कलाई तथा पाउजु लगाइने गरिन्छ ।

यो धार्मिक तथा सांस्कृतिक रुपले एकदमै महत्वपूर्ण मानिन्छ । यसलाई लगाउँदा विभिन्न प्रकारका लाभ पाइने मान्यता छ । जानौ यसबारेमा ज्योतिष विशेषज्ञको भनाई–

ज्योतिषका अनुसार चाँदी चन्द्रमाको प्रतिक मानिन्छ । यसलाई लगाउँदा स्वास्थ्यमा राम्रो प्रभाव पर्दछ । यसले बच्चालाई  ऊर्जावान बनाइराख्छ ।

चाँदीले किटाणुनाशक धातु जसरी काम गर्दछ भन्ने मान्यता छ । यसलाई लगाउँदा बच्चालाई रोगसँग लड्ने क्षमता प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।

चाँदीमा पाइने गुणले बच्चालाई दिनभर क्रियाशील राख्छ । त्यसैले पनि बच्चालाई हात तथा खुट्टामा चाँदीका बाला लगाइने गरिन्छ । यसले सकारात्मक ऊर्जा दिन्छ ।

चाँदीलाई चन्द्रमा जस्तो शितल धातुका रुपमा मानिन्छ । यसले बच्चालाई शितलता प्रदान गर्दछ । जसले गर्दा बच्चाको शरीरमा तापक्रम सन्तुलित रहन्छ ।

Back to top