×

वीरगञ्ज ।  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्रका दुई र नेकपा एकिकृत समाजवादीका १ तथा नेकपा एमालेका एक राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

बिहीबार नियुक्त हुने मन्त्रीहरुमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादी केन्द्रकै युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली तथा राज्यमन्त्रीमा एमालेकी शारदा थापारहेका छन् । उनिहरु चारै जनाले बिहीबार नै शपथपनि लिएका छन् ।

भट्टराईले उद्योग तथ पर्यटज मन्त्रालय र थापाले गृह सञ्चार तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । साह र लुंगेलीको भने मन्त्रालयको जिम्मेवारी तोकिएको छैन । उनिहरुले विना विभागीय मन्त्रीका रुपमा शथप लिएका हुन् ।

माओवादी केन्द्रले उद्योग पर्यटनमन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा भट्टराईलाई मन्त्री बनाएको हो । १५ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११ औं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

Back to top