×

वीरगञ्ज । मधेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेको छ । मुख्यमन्त्री सरोजकुमार यादवकाअनुसार माओवादी केन्द्रबाट २ जना र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक गरी ३ मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ ।

माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले बताए । आजै उनीहरुको शपथ ग्रहणको तयारी भइरहेको मिश्रको भनाई छ ।

अहिले २ वटा मन्त्रालय खाली छन् । मुख्यमन्त्री यादवले नै वन तथा वातावरण मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालीरहेका छन् । २ जनाले यी दुई मन्त्रालय पाउने छन् भने एकजनाले कुन मन्त्रालय पाउनेछन् भन्ने टुंगिएको छैन । 
 

Back to top