×

नेपाल कला र सन्स्कृतिले भरिभराव भएको देश हो । जहाँ विभिन्न जातजातिका समुदायमा विविध  चाडपर्वहरु मनाइने गरिन्छ । ति मध्ये होली पनि एक महत्वपूर्ण चाड हो । होली पर्व खासगरी नेपाली तथा भारतीयहरुले प्रत्एक वर्षको फाल्गुन शुक्ल पुर्णिमाको दिन मनाइने गरिन्छ । हिन्दू ग्रन्थ अनुसार यसको ईतिहास त्रेतायुग सँग जोडीएको छ जुन कुरा हामी सबैलाई जानकारी छ। तथापी अहिलेका युवापिडिका लागि यसको बारेमा तल उल्लेख गर्दैछु :

त्रेता युगमा भगवान बिष्णुको परमभक्त प्रह्लाद सँग यो चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै भष्म भएकी थिईन तर बिष्णु भक्त प्रह्लादलाई केही पनि भएन । हो , त्यही दिनको सम्झनामा होली पर्व मनाउन थालिएको भन्ने किम्वदन्ती रही आएको छ । 

यो चाडले वसन्त रितुको शन्खघोष पनि गर्दछ। होली विशेषगरी रङ्गहरुको चाड भएकोले गर्दा यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ। यो चाडले ठुलो सामाजिक अर्थ पनि राख्दछ । दाजु भाई, दिदी बहिनी, साथी भाईहरुको विचमा केही मतभेद भएपनी यो चाडले , ति मतभेदहरुलाई हटाइ फेरी एक आपसको माया प्रेमलाई जोडने काम गर्दछ ।

यो पर्व मनाउनुको  पौराणिक कारण र ईतिहास  छ । होली खेल्ने दिनभन्दा एकदिन अगाडि होलिका दहन गरिन्छ । राती होलिका दहन गरेपछी भोलिपल्ट बिहानदेखी पानी र रङ्ग मिसाएर एक आपसमा फाल्ने चलन छ। सानासाना बालबालिकादेखी व्रिद्धव्रिद्धा सम्म यस पर्वमा मस्तले रमाउने गर्दछन । युवायुवतिहरु गीतगाउदै र नाच्दै यस चाडको मज्जा लिन्छन । 

यो  नेपालको हरेक भागमा अत्यन्त हर्ष र उत्साहका साथ मनाइन्छ। होलीको दिन मानिसहरू आफ्नो परिवार, साथीभाइ र आफ्ना प्रियजनहरूसँग विभिन्न प्रकारका रङहरू खेल्छन् र अन्तमा उनीहरूले एकअर्कालाई रातो अविर लगाएर  माया र सम्मान प्रकट गर्छन् ।  होली यति अनुपम र विशेष चाड  हो कि यसको भावना देश भर र विश्वभर जहाँ जहाँ मनाइन्छ उस्तै रहन्छ। 

कुनै पनि पर्व मनाउनु भनेको नै देश भरी आर्थिक चहलपहल बढनु हो । होली पर्वले पनि यस्तै खालको बातावरण बजारमा श्रीजना गर्छ । होली पर्वको दिन सिंगो देशले उत्सव मनाइरहेको हुन्छ।  चाडपर्वको तयारीमा किनमेल गर्नेहरुको चहलपहल बढेसँगै बजारमा विभिन्न गतिविधिको चहलपहल बढेको पाईन्छ  । चाडपर्व अघि सडक छेउमा अबिरका विभिन्न रङ्गहरू देख्न सकिन्छ। नयाँ र आधुनिक डिजाइनका पिचकारीहरू पनि होलीकोलागी जताततै वेचिएको देख्न सकिन्छ ।

सबैजना घरको माथिबाट वा टेरेस वा हामीले  देख्न नसक्ने कुनै लुकेको भागबाट रंगीन पानीले  भरिएको  बाल्टिनले सबैलाई भिजाउन थाल्छन् । मोटरसाइकल वा साइकलमा यात्रा गर्दा हामीलाई यो दिन आफुलाई जोगाउन हम्मेहम्मे पर्छ । तर पछील्लो केही वर्षदेखी यो चाडले एक किसिमको आतंक फैलाउन थालेको अनुभव हामीले गर्न थालेका छौ। चाडलाई नै आफ्नो बादला लिने समय हो भनी विभिन्न उच्छ्रिङ्गअल कृयाकलापहरुको द्रिष्टान्त हामीले देखी रहेका छौ। हामीले समाजलाई कुन दिशातर्फ धकेलिरहेका छौ त । 

वास्तवमा यो चाड अहिले  आफैमा तनावको स्रोत बनेको छ। एक महिला अन्तर्वार्ताको लागि जाँदै थीइन र अचानक रङ्ग भरिएको बेलुनले उनको वक्षस्थलमा नराम्रो गरी चोट लागो उनी बेहोस् भईन र कसो कसो उनलाई अस्पाताल सम्म पुर्याइयो तर उनको अन्तर्वाता छुटो। यो एउटा द्रिष्टान्त मात्र हो ।  यस्ता धेरै घटनाहरु छन । यो पर्वमा सानासाना केटाकेटी र स्कुले र कलेजका विद्ध्यार्थिहरु बाटा (बाटामा वियरका बोतलहरु बोकेर हिंडेका देखिन्छन । यद्धपी प्रशासनले यस्ता कृयाकलापमा रोक लगाएको छ । 

यो पर्वले धेरै परिवारलाई हासो भन्दापनी रोदन दिएको समाचारहरु हामी सुन्दै र पढदै आएका छौ। यती सुन्दर चाडलाई दिनानुदिन क्रुरतामा परिणत भईरहेको छ । यो समाजको लागि ज्यादै निरासाको कुरा हो। सास्कृतिक पर्वको नाममा कसैलाई उत्पिडन गर्ने कार्य नगरौ। हासौ , खेलौ, रमाऔ तर कासैलाई घात नगरौ । 

होलिको महत्वलाई बुझौ र यसको गरिमालाई कायम गर्दै खुशीको पर्व बनाउने कोशीश गरौ नकी यसलाई विक्रित बनाऔ । निष्कर्शमा , होलिले प्रेम र भाईचारा  फैलाउनु    पर्छ। यसले देशमा सदभाव र खुशी ल्याउन सक्नुपर्छ । होली को अर्थ नै पापमाथी पुण्यको विजय हो । यो पर्वले मानिसहरुलाई एकताबद्ध हुन सिकाउन पर्दछ र सबै प्रकारका कुविचार र भ्र्ष्ट आचरणलाई हटाउन सक्नुपर्दछ।

(राजेन्द्र प्रसाद कोइराला (पीएचडी) वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।) [email protected]


 

Back to top