×

वीरगञ्ज । वेस्टइन्डिज ए ले नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ् गरेको वेस्टइन्डिज ए ले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै २२७ रनको योगफल तयार पारेको हो । 

वेस्टइन्डिजका लागि जोनसोन चाल्र्सको शतकीय पारी नेपाललाई भारी भयो । जोनसोनले ६१ ब्लमा ७ छक्का र १३ चौका प्रहार गर्दै ११९ रन जोडे । आन्द्रे फ्लेचरले ३३ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ५३ रन जोडे । 

नेपालका लागि कमल करण केसीले चार ओभरमा ५४ रन खर्चिएर एक विकेट लिए । सागर ढकालले चार ओभरमा १ विकेट लिएर ४१ रन खर्चिदा कमल सिंह ऐरीले चार ओभरमा ५३ रन दिए । 
 

Back to top