×

वीरगञ्ज । भारतको १८ औँ आम निर्वाचनअन्तर्गत शुक्रबार दोस्रो चरणको मतदान भएको छ । दोस्रो चरणमा १३ राज्यका ८८ लोकसभा सिटका लागि मतदान भएको हो ।

चर्को घाममा पनि मतदाता लाइनमा उभिएर भोट हाल्न उत्साहित देखिएका थिए । यसअघि पहिलो चरणअन्तर्गत यही अप्रिल १९ मा १०२ सिटका लागि मतदान भएको थियो । 
 
भारतको निर्वाचन आयोगले घोषणा गरेको कार्यतालिकाअनुसार सात चरणमा निर्वाचन हुनेछ । 

तेस्रो चरणको निर्वाचन ७ मे, चौथो चरणको मतदान १३ मे, पाँचौँ चरण २० मे, छैटौं चरण २५ मे र अन्तिम चरणको मतगणना १ जुनमा हुनेछ । 

Back to top