×

 

वीरगन्ज २४ असोज । नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो ।

चिनियाँ राष्ट्रपति सी भोलि शनिबार चार बजे नेपाल आइपुग्दैछन् । सरकारले सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको हो ।

सि आफ्नो दुई दिने नेपाल भ्रमणका क्रममा नेपालसँग द्विपक्षीय 'कनेक्टिभिटी' लगायतका भौतिक पूर्वाधारका विषयमा केन्द्रित हुने बताइएको छ ।

Back to top