×

वीरगंज ८ असोज । आन्तरिक राजस्व कार्यालय वीरगंजले मदिराको बोतलमा प्रयोग गरिने अन्तःशुल्कको स्टीकर हिनामिना गरेको अभियोगमा पक्राउ परेका दुईजना सञ्चालकको विषयमा मंगलबार फैसला गरेको छ ।

फैसलमा दुवै सञ्चालकसँग कुल ३१ करोड ६३ लाख ३० हजार ८० रुपियाँ (बिगो, जरिवाना र विलम्ब शुल्क) असुल उपर गर्नुको साथै १–१ वर्ष कैद सजायको फैसला भएको हो ।

वीरगंज–२४ रामगढवामा सञ्चालित उदयपुर डिस्टिलरी प्रालिका सञ्चालक ओमप्रकाश कलवार र पर्साको पोखरिया नगरपालिकाको बसतपुरमा सञ्चालित जयश्री धौलागिरिका सञ्चालक शम्भुशरण कलवारको मुद्दाको सवालमा फैसला गरेको हो ।

कार्यालयले दुवै मदिरा उद्योगका सञ्चालकले अन्तःशुल्क ऐन २०५८ को दफा १६ को उपदफा १ (क) र दफा १६ को उपदफा २ (ख) बमोजिमको कसूर गरी अन्तःशुल्क राजस्व दबाएको, छिपाएको, छलेको हुँदँ बिगो, जरिवाना, विलम्ब शुल्क माग गर्दै १–१ वर्ष कैद सजाय ठहर भएको कार्यालयका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले बताए ।

उदयपुरका सञ्चालक ओमप्रकाशसँग आर्थिक वर्ष ०७१ र ०७२, आव ०७३र०७४ र आव ०७४ र ०७५ मा अन्तःशुल्कको स्टीकर खरीद गरेर लगेको, त्यसको आम्दानी खातामा जनाएको, आम्दानी खातामा प्रत्येक दिनको खर्च र मौज्दातको विवरण जनाएको, स्टिकर अल्या गर्दा अर्थात् जिम्मेवारी सार्दा जानाजानी बदनियतपूर्वक कम सङ्ख्यामा अल्या गरेको, उत्पादित मदिरा श्रीराम टेड्रिङ कन्सर्न प्रालिको नक्कली दोहोरोरतेहरो कर बिजक जारी गरी बिक्री गरेको बेहोर पुष्टि भएको हुँदँ आन्तरिक राजस्व कार्यालय, वीरगंजले बिगो, जरिवाना र विलम्ब शुल्क जोडेर जम्मा २६ करोड १५ लाख ७० हजार ३ सय ४७ रुपियाँ असुल गर्नुको साथै एक वर्ष कैद फैसला गरेको छ भने जयश्री धौलागिरिका सञ्चालक तथा ओमप्रकाशका दाइ शम्भुशरण कलवारसँग बिगो, जरिवाना र विलम्ब शुल्क गरी कुल ५ करोड ४७ लाख ५९ हजार ७ सय ३३ रुपियाँ असुल गर्नुको साथै १ वर्ष कैद सजाय फैसला गरेको आजको प्रतिकमा समाचार छ ।

शम्भुशरणले आव २०७४र०७५ मा ३ लाख ६० हजार अन्तःशुल्कको स्टिकर हिनामिना गरेको अभियोग लगाइएको छ । शम्भुलाई पनि ओमप्रकाशकै ऐन अनुसार कारबाई गरिएको कार्यालयका प्रमुख कोइरालाले बताए ।

दुवैले ऐन अनुसार बिगो, जरिवाना र विलम्ब शुल्क नबुझाए मुलुकी फौजदारी संहिता २०७४ को दफा १६४(२) बमोजिम जायजेथा गरी असुल उपर गर्नू, जायजेथा गर्दा पनि असुल नभएमा सोही एनेको दफा १६४ को उपदफा ५ बमोजिम ७ वर्ष कैद सजय हुने फैसला उल्लेख छ ।

कार्यालयको फैसलामा चित्त नबुझे ३५ दिनभित्र राजस्व न्यायाधिकरण अनामनगर काठमाडौमा पुनरावेदन गर्न जानू पनि फैसलामा जनाइएको छ ।

यसैगरी कार्यालयले दुवै मदिरा उद्योगमा खटेका आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूले आप्mनो जिम्मेवारी ठीक किसिमले पूरा नगरेकोले विभागीय कारबाई गर्ने जनाएको छ । कारबाईमा पर्ने कर्मचारीहरूमा नासु निशा सर्राफ, प्रकाश राईं, अनिलकुमार झा र राजनप्रसाद घिमिरे रहेका छन् ।

Back to top