×

काठमांडौ,१ भदौ । पर्सा क्षेत्र १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले जन्मसिद्ध नागरिकको सन्तानलाई छिटो कानून बनाएर नागरिकता प्रदान गर्न माँग गर्नु भएको छ ।

आईतबार सँसदको बैठकको बिशेष समयमा बोल्दै यादवले जन्मसिद्ध नागरिकका सन्तानलाइ कानून नबनुञ्जेल नागरिकता वितरण गर्ने बाटो खोलिदिनु पर्ने कुरामा जोडदिनु भएको थियो ।

यादवले संविधानले सबै नागरिकलाई समान दृष्टिकोणले हेर्नु पर्ने भावना विपरित आफ्नै देशको नागरिकलाई भेदभाव गरेको आरोप लगाउनुभयो ।

उनले नागरिकता नदिनु आफैमा संविधान र कानूनको उलंघन भएको साँँसद यादवको भनाई थियो ।

सांसदमा बोल्दै यादवले सर्वोच्च अदालतबाट जारी हुने आदेशमा एक?पता नहुनु, एउटै रिटमा बेन्चै पिछे फरक फरक आदेश जारी हुनुले जनताको अदालतप्रतिको विश्वासमा कस्तो असर पर्छ भनेर प्रश्न गर्नुभयो?

साँसद यादवले नागरिकता बिना नागरिकले राज्यबाट प्रदान गरिने सेवा, सुविधाबाट बञ्चीत हुनुका साथै राष्ट्रियता नै हराएको आभास गराउने बताउदै ‘प्रक्रिया पुरा गरी राज्यले नागरिकलाई नागरिकता प्रदान गर्नु राज्यको दायित्व भएको जिकिर गर्नु भएको थियो’ ।

नागरिकता जस्तो संवेदनशील विषयमा कानून बनाउन ढिलो गर्नु र कानून नबनूञ्जेल सरकारले परिपत्र जारी गर्दा समेत त्यसलाई पटक पटक रोक्ने गरी आदेशले नागरिकता बिहिन नागरिकलाई राज्यबाट कति हदसम्म पीडा दिइएको तथा उपेक्षा गरिएको भन्ने कुरा स्पष्ट भएको भन्दै साँसद यादवले सभामुख कृष्ण बहादुर महराको ध्यानाकर्षण समेत गराएका थिए ।

Back to top