×

वीरगंज, असार २ - विचारक तथा समाज सुधारक कवि संत कबिरको जयन्ति तथा विश्व भोजपुरी दिवसको अवसरमा वीरगंजमा विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

नेपाल भोजपुरी समाज पर्साको आयोजनामा संत कबिरको जयन्तिको अवसर पारेर मनाईने विश्व भोजपुरी दिवसका दिन वीरगंजस्थित भिजिट मधेस नेपालको मुख्यालयमा संत कबिरको निर्गुण भक्ति माथि चर्चा एवम् कवि गोष्टि रचना पठाको आयोजना गरिएको हो ।

कार्यक्रमका विशिष्ठ अतिथि स्तम्भकार चन्द्रकिशोर झाले संत कबिरको महिमा मण्डन गर्दै भोजपुरी भाषाको उत्थान र प्रवर्द्धनका लागि भोजपुरी भाषा एकजुट भई अगाडि आउन आवश्यक रहेको बताए । उनले भोजपुरी भाषाको नगरीमा समेत भोजपुरी भाषाका कार्यक्रम न्यून हुने गरेको गुनासो गर्दै भाषालाई अगाडि बढाउन सबै क्षेत्रलाई सक्रिय गर्नु पर्ने धारणा राखे ।

नेपाल भोजपुरी समाजका सचिव ऋतुराज पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अरुण विक्रम साह, विकाउ गिरि, राम क्षत्री पण्डित, मोतिहुर रहमान, ऋतुराज पटेल, श्याम सर्राफलगयातले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफ, नेपाल भोजपुरी समाजका अशोक कुसवाह, शिव संदेश, रंजित यादव, प्रकाश थारु, अनिता साह, विमला गुप्ता, आँशु सर्राफलगयातको उपस्थिति रहेको थियो ।

Back to top