×

वीरगन्ज २९ जेठ । असार १ गतेदेखि नदीजन्य पदार्थको उत्खननमा रोक लाग्ने भएपछि केहीदिन देखि ढुगा, बालुवा, गिट्टी सञ्चय गर्ने काम पर्सामा तीव्र गतिमा भइरहेको छ ।

वीरगंज–ठोरी सडकखण्ड अन्तर्गत हुलाकी सडक निर्माण र पोखरिया–लगडीे कालोपत्र निर्माणको ठुला कामदेखि लिएर स्थानीय तह अन्तर्गतका विकास निर्माणको कामहरू गर्ने ठकेदारहरुले केहि जनप्रतिनिधीको मिलोमतोमा अहिले नदीबाट ढुगा, बालुवा, गिट्टी ढुवानी गर्ने काम तीव्र गतिमा शुरू गरेका हुन ।

पर्सा जिल्लाको ओरिया, भलुवाही, गादी, जमनी, भेडाहा खोलामा अहिले ट्याक्टर, टिपरबाट ढुगा, गिटी, बालुवा एकाबिहानदेखि अबेर रातिसम्म उत्खनन गर्ने काम गरिरहेका छन ।

सहायक वन अधिकृत फरमान मियाले असार १ गतदेखि नदीजन्य पदार्थको उत्खनन बन्द गर्ने भएकोले अहिले उत्खनन कार्य तीव्र्र गतिमा भइरहेको बताए ।

सरकारले देशभरिको खोला, नदीबाट ढुगा, गिटी, बालुवा उत्खनन गर्न असार १ गते असोज १ गतेसम्मको लागि रोक लगाउदै आएको छ ।

Back to top