×

वीरगञ्ज, ८ असोज - पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ७ स्थित झेडही नदीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियारले रातह प्रदान गरेका छन् । सांसद रौनियारले मृतक बालिकाका परिवारलाई भेटेर राहत प्रदान गरेका हुन् ।

सांसद रौनियारले यस्ता घटना नहुन् भन्नका लागि स्थानीय, प्रादेशिक र संघीय सरकारले जनताको सहजता र अत्यावश्यकीय पूर्वाधारको प्रबन्धमा संवेदनशिल हुनुपर्ने बताए । उनले व्यवस्थापिका संसद्मा समेत पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका थिए ।

स्थानीय प्रशासनले घटनाबारेमा गलत रिपोर्टिङ गरेको आरोपसमेत सांसद रौनियारले लगाए । संघ सरकार यस्ता घटनाका पीडितलाई राहत प्रदान गर्ने काममा गम्भीर हुन नसकेको भन्दै असन्तुष्टिसमेत प्रकट गरे । गत श्रीपञ्चमीको दिनमा नुहाउन गएका स्थानीय पिंकीकुमारी रौनियार, रिंकीकुमारी रौनियार र मुन्नीकुमारी पटेलको नदीमा डुबेर मृत्यु भएको थियो ।

Back to top