×

वीरगन्ज ३ भदौ - नेपाल कम्यनिष्ट पार्टी एमालको तत्कालिन पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ का क्षेत्रीय संयोजकहरु क्रमश बिचारी प्रसाद यादब, गोकर्ण पाठक, राजकुमार गुप्ता , जयप्रकाश थारु, प्रद्युमन चौहान र नवराज शर्माले नेकपाका संयोजक प्रभु हजरालाई ध्यानाकर्षण पत्र बुझाउँदै पार्टी कमिटीलाई ब्यबस्थित र बैधानीक रुपमा संचालन गर्न माग गरेका छन ।

उक्त पत्रको बोधार्थ केन्द्रीय महासचिब, प्रदेश नम्बर २ का संयोजक लगायतलाई पनि दिइएका छन । पत्रमा पार्टीको हित भन्दा पनि अहित हुने काम गरेको, संगठनलाई कमजोर बनाएको, आर्थिक अपचलन गरेको, पार्टीको बैठक भेला नगरीएको, क्षेत्रीय संयोजकहरुसँग कुनै परामर्श नै नगरि एकतर्फी रुपमा सदस्यता नबिकरण, सिफारिस, गरिएको, जिल्ला र प्रदेश कमिटीमा पार्टीको कुनै पनि कमिटीमा नै नभएका मानिसलाई सिफारिस गरिएकोे जस्ता आरोप लगाएका छन ।

पत्रमा बिबिध बिषयलाई आधार बनाएर पार्टी कार्यालयमा लगाइएको तालाबन्दी खोल्न र पार्टीलाई कार्यकर्ता र जनमुखि बनाउन कुनै पहल नगरेको आरोप समेत लगाइएको छ । नेकपा पर्साका संयोजक प्रभु हजरासंग यस विषयमा बुझदा जनाधार गुमाएका हुनाले बउआएको ले यस्ताकुराहरु बाहिर आएको हो बताए ।

Back to top