×

वीरगन्ज २ सावन एक किलो सुन तस्करीका मुख्य अभियुक्त रामबाबु सिहं भूमिहारलाई राजस्व अनुसन्धान कार्यालय पथलैयाले ज्वाइलाई झै ५ तारे होटल सरहको सुविधा उपलब्ध गराएको छ ।

आफ्नै भरियाले पोल खोलेपछि गत शुक्रबार राजस्व अनुसन्धान कार्यालय पथलैयाको हिरासतमा पुगेका सिहंलार्ई हिजो देखि बीरगंजस्थित नेशनल मेडिकल कलेजको एसीसहितको क्याविनमा राखिएको छ । एक जना डाक्टरको फर्जी रिर्पोटका आधारमा सामान्य ज्वरो समेत नआएका सुन तस्कर सिहंलाई गम्भिर बिरामी भएको बाहाना बनाएर नेशनल मेडिकल कलेजमा उपचारार्थ राखिएको हो ।

दैनिक ३ हजार शुल्क लाग्ने उक्त क्याविनमा उनलाई सम्पुर्ण सेवा सुबिधासहित राख्नाले राजस्व अनुसन्धानका कर्मचारीको नियतमाथि गम्भिर आशंका उत्पन्न भएको छ । राजस्वका कर्मचारीले मोटो रकम हात पारेर सुन तस्कर सिहंलाई चलखेल गर्ने बाटो उपलब्ध गराएको बताइएको छ । अनुसन्धानका कर्मचारीहरुको यस्तो गम्भिर लापर्बाहीले उनलाई चोख्याउन खोजिएको त होइन भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

यतातर्फ अर्थमन्त्री युवराज खतिवडा र सरकारकै विशेष ध्यान जानुपर्ने आवश्यकता खड्किएको छ । समाचार स्रोतले दिएको जानकारी अनुसार तस्कर सिहंलाई जोगाउने खेलफड्कोमा बीरगंजका पुराना सुन तस्कर एवम माफिया डन रतन सर्राफ लागि परेका छन् । सर्राफ उनलाई जोगाउन ज्यान फालेर लाग्नुले सुन तस्करी काण्डमा उनको पनि पर्दा पडाछिको संलग्नता हुन सक्नेतर्फ अनुसन्धान केन्द्रित भएको छ ।

कतै सुन तस्करीको ठूला माछा सर्राफ नै त होइन भन्नेतर्फ अनुसन्धान केन्द्रित हुन थालेको छ । गत आइतबार मात्र सिहंलाई जिल्ला अदालत पर्साबाट एक हप्ताको म्याद थपेर बयान लिने कार्य जारी थियो । राजस्व कर्मचारीको अनुसन्धानका क्रममा सिहं बाहेक उनका अन्य व्यवसायिक साझेदार एवम मतियारको पनि खोजी भैइरहेको छ । लालबाबु सिहं २०७० को संविधान सभा निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट समानुपातिक सासदमा मनोनित भएका थिए । यिनै सिहं अहिले आफ्ना भाइलाई छुटाउने दाउमा काठमाडौं आइपुगेको समाचार प्राप्त भएको छ ।

 

Back to top